देश

नवनियुक्त प्रदेश प्रमुखको सपथ

काठमाडौं, कात्तिक १९–राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ तिलक परियार, विष्णुप्रसाद प्रसाई, अमिक शेरचन, धर्मनाथ यादव, गोविन्दप्रसाद कलौनी र शर्मिलाकुमारी पन्तलाई शपथ गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को १७ कात्तिकमा सिफारिश अनुसार प्रदेश प्रमुखहरु प्राडा गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वर लाल, अनुराधा कोइराला, बाबुराम कँुवर,उमाकान्त झा, दुर्गाकेशर खनाल र मोहनराज मल्ललाई पदमुक्त गरेकी थिइन् ।

Featured