देश विदेश

‘नेपाल भ्रमण वर्ष २०२०’ की सद्भावना दूतमा जोआन्ना लुम्ले नियुक्त

काठमाडौ, कात्तिक १८–नेपाल सरकारले बेलायतकी चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गर्ने भएको छ। भ्रमण वर्ष सचिवालयक अनुसार बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवर्द्धन गर्ने कार्यक्रमसँगै अभिनेत्री लुम्लेलाई पनि सद्भावना दूत नियुक्त गर्ने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्ष घोषणाका लागि बेलायत गइसकेका छन्। जोआन्ना लुम्लेले थुप्रै नाटक, टेलिभिजन श्रृङ्खला तथा फिल्ममा अभिनय गरिसकेकी छिन्। ७३ वर्षीयकी लुम्ले अहिले पनि अभिनयमा सक्रिय छिन्। उनको आधा दर्जनभन्दा बढी पुस्तक पनि छ।

Featured