देश

पैंसाको अभाबमा पढाइ रोकिदैन :मन्त्री विष्ट

गुल्मी, कात्तिक १८—श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पैँसाको अभाबमा बालबालिकाको पढाइ नरोकीने बताएका छन्। गुल्मीको इस्मा गाउँपालिका ६ को गोबिन्दा रत्ना कुवर लोकतान्त्रिक आधारभूत विद्यालयको भवनको उद्घाटन गर्दै उनले यसो भनेका हुन्। साथै शिक्षा र स्वास्थ्य क्षेत्रको विकास विना समृद्धि प्राप्त नहुने भएकाले सरकार योजनाबद्ध रुपमा अगाडि बढेको बताए।

सात महिनामै आकर्षक भवन निर्माण
पुनर्निर्माण प्राधिकरण गुल्मीको आर्थिक सहयोगमा चार कोठे भवन निर्माण गरिएको हो। कुल ६१ लाख ६१ हजारको लागतमा विद्यालयको आकर्षक पक्की भवन निर्माण गरिएको भवन निर्माण समिती सदस्य रेशम महतले जानकारी दिए। ०७५ फागुनबाट निर्माण सुरु गरिएको भवन ०७६ असोजमा सम्पन्न भएको महतले जानकारी दिए। विद्यालयमा हाल ५५ छात्र र ८० छात्रा गरि एक सय ३५ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

Featured