देश

बौद्धबाट नक्कली सुनसहित एक जना पक्राउ

काठमाडौं, कात्तिक १८–प्रहरीले नक्कली सुनसहित काठमाडौंको बौद्ध एरियाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमछाप खागादेवी गाँउपालिका– ९ का विशाल लामा रहेका छन् । उनको साथबाट १ किलो नक्कली सुन बरामद भएको छ । लामालाई महरानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धको नयाँ बस्तीबाट सोमबार साँझ पक्राउ गरेको हो ।

अवैध तरिकाले सुनको कारोबार हुन लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दा नक्कली सुनसहित लामा पक्राउ परेको महरानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । लामाले नक्कली सुन देखाएर सक्कली सुन हो भन्दै ठगी गर्न लागेको डीएसपी सिंहको भनाइ छ ।

Featured