देश

अर्थमन्त्री खतिवडा र नर्वेजियन मन्त्रीबीच भेटवार्ता

काठमाडौं, कात्तिक १८–अर्थमन्त्री डा. युवराव खतिवडा र नर्वे्जियन अन्तर्रा्ष्ट्रिय विकासमन्त्री डाग–इन्ज युलेस्टिनबीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा नर्वे्जियन विकास मन्त्री युलेस्टिनले नेपालले मिलिनियम डेभलपमेण्ट गोल्ड (एमडीजी) प्राप्त गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।

उनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । उनले सो अवसरमा एफडीआई परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा चासो व्यक्त गरेका थिए । कर प्रणालीलाई सवलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाउँदै मन्त्री युलेस्टिनले पीएलजीएसपी सञ्चालनका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गर्दा निकै खुशी लागेको बताए ।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको बताउँदै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरे । उनले संघ र प्रदेशलाई बलियो बनाउन संघीय सरकार लागेको उल्लेख गरे । एफडीआई परिचालनमा दोस्रो चरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षदेखि विद्युत आयातलाई शून्यतामा झार्ने प्रयास भइरहेको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले संघीय प्रणालीलाई व्यवस्थापन गर्दै विकास र कर प्रणालीलाई सन्तुलित बनाउन व्यवहारिक रुपमै नागरिकलाई सेवा दिनेगरी समावेशी प्रजातन्त्रलाई प्रवद्र्धन गर्ने नीति लिएको उल्लेख गरे ।

Featured