देश

डडेल्धुरा पुगेर अनशन बसे डा. केसी

डडेल्धुरा, कात्तिक १८–चिकित्सक गोविन्द केसी डडेल्धुरा आएर अनशनमा बसेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै उनी पटक–पटक अनशन बस्दै आएको छन् र यो पटक उनी डडेल्धुराको एक घरमा १७औं पटक अनशन बसेका हुन् । डा. केसी यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६औं अनशनमा बसेका थिए ।

काठमाडौंमा चिकित्सक संघको केन्द्रीय कार्यलयमा अनशन बस्ने तयारी भए पनि ठाउँ नदिइएपछि डा. केसी अनशन बस्न डडेल्धुरा आएका हुन् । नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरूलाई सरकारी खर्चमा उपचारका लागि विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठह¥याएकालाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै उनी अनशन बसेका हुन् ।

यसअघि उनले आफ्ना माग र यसअघिको अनशनका क्रममा भएका सहमति पूरा गर्नका लागि सरकारलाई अल्टिमेटमसमेत दिएका थिए । तर, सरकारले आफूलाई नसुनेको भन्दै १७औं अनशन सुरु गर्न बाध्य भएको उनले बताएका छन् ।

Featured