देश

महरा प्रकरण :इजलाशमा रोशनीले भनिन्, ’उजुरी मैले नै दिएकी हुँ’

काठमाडौं, कात्तिक १८–संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा आइतबार सुरू भएको थुनछेक बहस सोमबार बिहान सकिएको हो ।

बन्द इजलाशमा भएको थुनछेक बहसमा महराका वकिलहरूले बहस गरेका थिए । महराको तर्फबाट वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, भोजराज आचार्य, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका हुन् ।

बहसमा पीडित भनिएकी रोशनी शाही पनि उपस्थित थिइन् । महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्ने उजुरी प्रहरीमा आफैंले दिएको कुरा उनले बहसका क्रममा बताएकी छिन् ।

Featured