देश राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं, असार २४

सरकार तथा मन्त्रिपरिषद्को प्राय निर्णयहरु संधै विवादमा पर्ने गर्दछन् यी मध्ये एउटा निर्णय हो भारत बाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ता लिने निर्णय। यसले गर्दा सरकारको चौतर्फी बिरोध तथा सरकार आलोचित हुनपुगेको छ।

सबै आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि सोमबारकै बैठकलाई निरन्तरता दिन प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ।

मंगलबार बिहान ७ बजे प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्। बैठक बोलाइएको  प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

सोमबार साँझको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ।