देश राजनीति

उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा भक्तपुर कार्यालयमा ताला

भक्तपुर, कात्तिक १८–नेकपा सचिवालय बैठकले भक्तपुर १ (क) मा डीपी ढकाललाई उम्मेदवार बनाउन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्कालीन एमाले पक्षधर कार्यकर्ताले भक्तपुरकाको नेकपा पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । नेकपा सचिवालयको हिजो बसेको बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जिल्ला पार्टी कमिटीले सिफारिस गरेका मध्ये सचिवालयले ढकालको पक्षमा निणृय गरेको थियो । नेकपा भक्तपुरका तत्कालीन एमाले पक्षधर जिल्ला सदस्यहरु साधुराम थापा र मन्दरा मिश्रलगायत ५० जना कार्यकर्ताको उपस्थितिमा टुरिष्ट नेता चाहिँदैन भन्दै भक्तपुर जिल्ला पार्टी कार्यालयमा आज बिहान १० बजेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

Featured