देश

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा उद्घाटन

दुनै, कात्तिक १८–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरू गरेको छ । एक औपचारिक समारोहका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नेपाल लाइफको दुनै शाखाको विधिवत् उद्घाटन गरेका गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईंले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकाले जोखिमवहनका साथै बचतसमेत हुने बताए ।

देशव्यापी रूपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्त्वपूर्ण योगदान र्पुयाएको र डोल्पा जस्ता नेपालका दुर्गम क्षेत्रमा पनि आफ्नो सेवा र्पुयाइरहेकोमा धन्यवाद व्यक्त गरे । अध्यक्ष चापागाईंले हिमाली जिल्लाको दूरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाव दिए ।

बीमाको महत्त्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै अध्यक्ष चापागाईंले डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तीव्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिप्रेक्ष्यमा एकतिहाइ बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भएको दाबी गरे।

यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै सो विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिवद्धता व्यक्त गरे । करिब एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वा्धिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ । एक लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Featured