देश

कालंगा हाइड्रोको सुरुङमा फसेका मजदुरको उद्धारमा समस्या

बझाङ, कात्तिक १८–बझाङको बुङ्गल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किँदा त्यसभित्र फसेका चार जना मजदुरको उद्धारमा समस्या भएको छ । कुरिनटारबाट नेपाली सेनाको हेलिकोप्टर ग्यास र उद्धार टोलीसहित कालंगा पुगेको छ ।

आइतबार दिउँसो करिब ३ बजे सुरुङभित्र ७ जना छिरेका थिए । तीमध्ये तीन जना सास फेर्न गाह्रो भएको भन्दै तत्कालै बाहिर निस्केका थिए । सुरुङभित्र छिरेका ४ जना अहिलेसम्म सम्पर्क्विहीन छन् ।

सम्पर्क्विहीन हुनेमा दैलेख गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामका अछाम तुर्माखाद–६ महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।

Featured