देश

मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुख सिफारिस गर्दै

काठमाडौं, कात्तिक १८–सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

यसअघि सोमबार बिहान बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले सात जनाको नाम चयन गरी सरकारलाई पठाएको छ । सचिवालय बैठकले डडेल्धुराका गोविन्द कलौनी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ प्यासी, बाँकेका तिलक परियार, काठमाडौंकी शर्मिला पाण्डे, झापाका विष्णु प्रसाईं र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुखका लागि चयन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेपछि अहिले सातै प्रदेश प्रमुखविहीन छन् ।

Featured