देश

नेकपा सचिवालय बैठकः सात प्रदेश प्रमुखको नाम सिफारिस

काठमाडौं, कात्तिक १८–नेकपाको सचिवालय बैठकले सात वटै प्रदेशको प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमाले पृष्ठभूमि रहेका कास्कीका सोमनाथ प्यासी अधिकारी, झापाका विष्णु प्रसाद प्रसाईं, सिरहाका धर्मनाथ यादव, डडेलधुराका गोविन्दप्रसाद कलौनी र काठमाडौं सर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ ।

त्यस्तै, पूर्वमाओवादीबाट चितवनका अमिक शेरचन र बाँकेका तिलक परियारलाई प्रदेश प्रमुखका सिफारिस गरेको छ । सोमबार आजै वालुवाटारमा बस्ने बैठकले उनीहरुलाई नियुक्ति गर्ने वालुवाटार स्रोतले बतायो ।

Featured