देश

महराको थुनछेक बहस आज पनि

काठमाडौं, कात्तिक १८–निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणी गरेको उद्योगसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । बिहीबार दर्ता भएको मुद्दामा शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो । आइतबार बहस नसकिएपछि सोमबार पनि हुने भएको हो ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा महराको थुनछेक बहस चलिरहेको छ ।निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् । सरकारी पक्षबाट भने चार जनाले बहस गरेका थिए । मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ ।

Featured