देश

तीन किलो चरेससहित सिजाली नागढुंगाबाट पक्राउ

काठमाडौं, कात्तिक १८–महानगरीय प्रहरी प्रभाग नागढुढंगाले तीन किलो १२ ग्राम चरेश सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौैंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९६७३ नम्बरको बस चेक जाँचको क्रममा लागु औषध चरेशसहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले मकवानपुरको थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिजाली मगरलाई चरेशसहित पक्राउ गरिएको बताए । पक्राउ परेका सिजालीलाई म्याद थप गरि अनुसन्धान सुरू गरिएको बताए ।

Featured