देश

नयाँ प्रदेश प्रमुख नियुक्ति आजै

काठमाडौं, कात्तिक १८–सरकारले सातै प्रदेशमा सोमबार नै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । आइतबार अनपेक्षित रूपमा सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेको सरकारले आजै नयाँ प्रदेश प्रमुखहरू नियुक्त गर्ने तयारी गरेको हो । सोमबार बिहान ९ बजे बस्ने सचिवालयले ७ वटै प्रदेश प्रमुख टुंग्याउने र ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रमुख नियुक्तिको निर्णय गर्ने जनाइएको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेकी हुन् । पदमुक्तपछि सरकारले आइतबार नै मन्त्रिपरिषद् बैठक बसी नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुँदा मन्त्रिपरिषद् बैठक बस्न नभ्याएको बुझिएको छ ।

Featured