देश

हाइड्रो पावरको सुरुङमा फसे कामदार

काठमाडौं, कात्तिक १८–बुंगलमा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङ भत्कँदा कामदार फसेका छन् । आइतबार दिउँसो सुरुङ भत्कँदा ४ जना कामदार फसेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर उद्धारमा जुटेको पाण्डेले बताउ । निजी लगानीबाट निर्माणाधीन कालंगा हाइड्रो पावरको काम तीव्र रुपमा सञ्चालन भइरहेको थियो ।

७ नम्बर प्रदशेको विकट पहाडी जिल्ला बझाङको बुगल नगरपालिकामा निजी लगानीमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरबाट ७५ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured