देश

राजस्व छलीमा तीन नेपालीसहित पाँचविरुद्ध मुद्दा दायर

काठमाडौं, कात्तिक १८–सरकारले विदेशी मुद्रा अपचलन गरेर राजस्व छली गरेको अभियोगमा तीन नेपालीसहित पाँच जना भारतीय नागरिकलाई ३३ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ । भारतीय नागरिक रितेश कुमार मधेसिया र निरज अग्रहरीविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको भन्दै ३३ करोड ३२ लाख बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा दायर गरेको हो ।

विभागले भन्सार चोरी पैठारी गरी राजस्व चुवाहट गरेको अभियोगमा तीन नेपालीलाई ५६ लाख ६० हजार बिगो दाबीसहित पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured