देश

महिला आयोगले पूर्णता नपाउँदा सास्ती

काठमाडौं, कात्तिक १८–आइतबार दिउँसो भद्रकालीस्थित नेपाल महिला आयोग परिसरमा मानिसका एक हुल अन्यौलग्रस्त थिए । पतिपत्नीबीचको घरझगडाले उग्र रूप लिएपछि स्थानीयको समूह नै उठेर मेलमिलाप वा न्यायका लागि आएका थिए । तर आयोगभित्र पुगेर न्यायको पहल पाउन सम्बन्धितले सकेनन् । अब सीधै प्रहरी वा अदालत जाने भेउसमेत उनीहरूले पाएनन् ।

उदयपुरबाट आफ्नी भतिजीको हत्या छानबिनको समस्या लिएर आइपुग्नु भएकी मतिना विकले पनि सहज सहयोग आयोगमा पाउन सक्नुभएन । जिल्ला र पुनरावेदन अदालतले प्रमाणको अभाव देखाउँदै पक्राउ गरेका अभियुक्तलाई छाडिसकेको छ ।

घाँटी, हातगोडा र अनुहारमा समेत घाउचोट रहेको फोटो बोकेर उनी आयोग पुगेकी थिइन् । भतिजीको कालगतिबाट मृत्यु नभएको दाबी गर्दै उनी भन्छन्, ‘यहाँबाट वकिललाई चिठी लेखिदिनुभयो तर अब के हुन्छ, कहाँ जाने भनेर सोध्न आएकी कोही भेट भएन ।” भाँचिएको खुट्टामा वैशाखी टेक्दै न्याय माग्न आउनुभएकी उनलाई माथि उकाली दिनेसमेत कोही थिएनन् ।

त्यति मात्र परिवारको अनुमतिबिना आमाले आफ्नो बच्चा अरूलाई दिएको घटनाको छानबिन गर्न बिहानै आइपुगेको एक टोलीले पनि निकै दुःख पायो । “बिहानै आएको कोही भेटिँदैनन्,” एक महिलाले भनिन् । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured