देश

प्रहरीद्वारा विप्लवका दुई कार्यकर्ता पक्राउ।

डडेल्धुरा, असार २३। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दुई कार्यकर्ता पक्राउ परेका छन्।

विप्लव समूहले देशै भर आफ्ना गतिविधिलाई तिब्रका साथै हिंसात्मक गतिविधि अघि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन्।

आज बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेको नेतृत्वमा खटेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई पक्राउ गर्न सफल भएको हो।

विशेष सूचनाका आधारमा पक्राउ गरिएका दुबै जनालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताएका छन्।