देश

जुम्लामा कस्तुरीको बिनासहित दुई जना पक्राउ

सुर्खेत, कातिक १७–कस्तुरीको बिनासहित जुम्लामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जुम्ला पातारासी गाउँपालिका–४ का भक्तबहादुर बुढा र जोगबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र चन्दको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी लालबहादुर धामीले बताए ।

‘पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘शनिबार प्रहरीले उनहरूलाई पक्राउ गरेको हो ।’ जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ परेकाबाट ५५ ग्राम कस्तुरीको बिना बरामद भएको र उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जनाएको छ ।

Featured