देश राजनीति

उपनिर्वाचनः कास्की– २ मा भण्डारी जिताउन कमल थापाको कमाण्ड

काठमाडौं, कात्तिक १७–आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा राप्रपाले कास्की– २ मा अध्यक्ष कमल थापाको कमाण्डमा निर्वाचन परिचालन गर्ने भएको छ । राप्रपाले कास्की– २ मा केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गर्दै उम्मेदवारी मनोनयनदेखि नै केन्द्रीय अध्यक्ष कमल थापाको कमाण्डमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।

उसले उपनिर्वाचन हुन लागेका सबै रिक्त पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गर्दै प्रदेशसभाअन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र बागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने चाँडै उम्मेदवारको टुंगो लगाइने राप्रपाले जनाएको छ ।

राप्रपाले नगरपालिकाको मेयररउपमेयर पदको उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेश कार्यसमितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष र वडा अध्यक्षको उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरेकोे छ ।

Featured