देश

सुकुटेमा बस दुर्घटना :मृत्यु हुनेको संख्या १५ पुग्यो (अपडेट)

काठमाडौं, कात्तिक १७–सिन्धुपाल्चोकको सुकुटेमा आइतबार दिउँसो भएको भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको बा२ ख७२४५ नम्बरको शैलुङ्गेश्वरी यातायातको बस करिब सवा एक बजे सुकुेटको मगरघाट धारोमा दुर्घटना भएको थियो । बस सुनकोसी नदीमा खसेको थियो । दुर्घटनाको कारण र मृतकको पहिचान खुल्न बाँकी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

Featured