देश

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो, ६ को मृत्यु

काठमाडौं, कात्तिक १७–दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वरी यातायातको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । करिब सवा एक बजे सुकुेटको मगरघाट धारोमा बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । बस सुनकोसी नदीमा खसेको काफ्लेले बताए ।

बसका चालक धनबहादुर तामाङलाई पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । दुर्घटनाको क्षतिबारे विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बस नदीमा डुबेको र सामान बगाइरहेको छ । प्रहरी र स्थानीयले उद्धारमा खटिएका छन्।

Featured