देश

काममा फर्किए प्रधानमन्त्री, मन्त्रिपरिषद बैठक सुरू

काठमाडौं, कात्तिक १७–प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ । आइतबार १२ बजेपछि बैठक सुरु भएको हो । मिर्गाैलामा समस्या आएपछि लगातार उपचारमा रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार आएपछि आज निवासमै मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

यसअघि आजै प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको छातीको एक्सरे गरिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ‘प्रधानमन्त्री ओली परामर्श र सामान्य जाँचका लागि अस्पताल गएर बालुवाटार फर्किएको’ जानकारी दिए । मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार उनको ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो ।

Featured