देश

मानवअधिकार आयोगद्वारा सरकारको निर्णय प्रति आपत्ति

काठमाडौँ, असार २३। सरकारको विषादी परीक्षण रोक्ने निर्णयप्रति राष्ट्रिय मानवअधिकार आयोगले घोर आपत्ति जनाएको छ।  आयोगले उपभोग्य बस्तुहरुमा विषादीको मात्रा र अवस्थाको जाँच नगरी आयात हुने गरेको पाइएको भन्दै यसबाट आम उपभोक्ता, विषादी प्रयोगकर्ता किसान तथा कामदार र नीति निर्माताहरुको समेत स्वास्थ्यमा गम्भीर असर पर्ने जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले नेपालको संविधान, कानुन र मानवअधिकार सम्बनधी अन्तर्राष्ट्रिय कानुनुको दायित्वलाई स्मरण गराउदै विषादीका कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षतीलाई रोक्नुपर्ने सरकारको दायित्व भएकाले आयातित र मुलुकभित्रै उत्पादन हुने तरकारी लगायतका खाध्य बस्तुहरुमा जथाभावी भइरहेका विषादी प्रयोगलाई निरुत्साहित गर्न माग गरेको छ।