देश

प्रधानमन्त्रीको आज पनि डाइलासिस गरिँदै, ओली ग्राण्डीमा

काठमाडौं, कात्तिक १७–प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज तेस्रो पटक डायलाइसिस हुँदैछ । प्रधानमन्त्री ओली डाइलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो।

उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् । १२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् । तर अस्ति बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ ।

Featured