देश राजनीति

महराको थुनछेक बहस आज

काठमाडौं, कात्तिक १७–जबर्जस्ती करणी उद्योगमा मुद्दा खेपिरेहका पूर्वसभामुख एवं सांसद कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा सामान्य तारेखमा रिहा गर्ने आदेश हुनेछ ।

महराले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ५ घण्टा बन्द इजलासमा बयान दिएका थिए । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा महराको बयान भएको हो । महरालाई पक्राउ गरेको २५ दिनपछि बिहीबार मुद्दा दर्ता भएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र मागदाबी छ ।

Featured