देश

नेकपाको स्वार्थमा गाउँपालिका टुक्र्याइँदै

दोलखा, कात्तिक १७–एउटा गाउँपालिकाभित्रको विवाद सल्टाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी्भित्रको राजनीतिक स्वार्थमा जिल्लाको कालिञ्चोक गाउँपालिका टुक्र्याउने तयारी थालिएको छ । तत्कालीन नेकपा एमालेले जितेको जिल्लाको उत्तरी कालिञ्चोक गाउँपालिकामा प्रशासनिक केन्द्रको विषयलाई लिएर अध्यक्ष र उपाध्यक्षबीचको टकराव समाधान गर्न नसकेपछि गाउँपालिका फुटाउने निष्कर्षमो दोलखा नेकपा पुगेको हो ।

यो गाउँपालिकाका नौवटा वडामध्ये दुईवटामा अध्यक्षसहित ‘सेट’ नै काँग्रेसले जितेको थियो । तीबाहेक पालिकाभरी अन्य सबै पदमा नेकपाका जनप्रतिनिधि छन् । अध्यक्ष र उपाध्यक्ष साथै नेताहरुबीचको विवाद समाधान गर्न नेकपाले गाउँपालिकाको वडा ७,८,९ लाई भीमेश्वर नगरपालिकामा गाभ्न र १ देखि ६ सम्मका वडा टुक्र्याउने खाका अघि सारेको हो । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured