देश

दूध उत्पादन बढ्दा मदिरा खपत घट्यो

दोलखा, कात्तिक १७–कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीका जगनाथ पकुवालको होलटमा शुद्ध दूध पिउनेहरुको संख्या बढ्दो छ । सुन्द्रावतीकै कटुवाचौर बजारमा खाजा र नास्ताका लागि धेरैको रोजाइमा पर्ने पकुवाल होटलमा केही वर्ष अघिसम्म मासु र रक्सी खोजी गर्नेहरु आजभोली दूधदही माग्छन् ।

पकुवाल होटलमा मात्र होइना, यहाँका सबै होटलमा मासु र रक्सीभन्दा दूधदहीकै माग बढेको छ । दूधदहीको माग बढ्दै गएपछि मासु र रक्सीको व्यापार समेत घट्दै गएको छ । ’२ वर्षअघिसम्म दैनिक १० किलोसम्म मासु बिक्री हुन्थ्यो,’ होटल व्यवसायी पकुवालले भने, ’आजभोली त ३ किलो पनि जान हम्मेहम्मे पर्छ । त्यही अनुसार मदिराको व्यापार पनि घटेको छ ।’ यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured