देश

नेताहरुकै आडमा जग्गा कब्जा

बुटबल, कात्तिक १७–सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व बोकेको स्थानीय सरकार तथा सम्बन्धित सरकारी निकायको उदासिनताका कारण रुपन्देहीमा सार्वजनिक तथा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र हडप्ने क्रम बढेको छ । जिल्लामा सार्वजनिक जग्गाको अभिलेख नराखिदा मालपोतकै कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने वा सुकुम्बासीका नाममा हडप्ने प्रपञ्च बढ्दै गएको हो ।

भैरहवाको गोनहियास्थित नापी कार्यालयको जग्गा पनि हडपिएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित १६ कट्ठा जग्गाको स्रेस्ता २०४८ सालदेखि जिल्ला नापी कार्यालय भैरहवाको नाममा छ । तर अहिले केही व्यक्ति त्यो जमिन ओगटेर बसेका छन् । एक स्थानीयका अनुसार त्यहाँ बसोबास गर्ने १५ मध्ये चार परिवारमात्रै असली सुकुम्बासी हुन् । बाँकी परिवार अन्यत्र आफ्नो जग्गा हुँदाहुँदै दलका नेताहरुको आडभरोसामा सुकुम्बासी बन्न आएका हुन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured