देश

कांग्रेसका सबै संयन्त्र निष्क्रिय

काठमाडौं, कात्तिक १७–नेपाली कांग्रेसका शीर्ष नेताहरुको ध्यान १४ औं महाधिवेशनमा केन्द्रित हुँदा पार्टीका सबै संयन्त्र निष्क्रिय बनेका छन् । फागुनमा कांग्रेसको १३ औं महाधिवेशन गरेको चार वर्ष पूरा हुँदैछ । तर थप एक वर्ष समय लिने नेताहरुबीच समझदारी बनेपनि एकले अर्कोलाई कमजोर साबित गर्न सक्रिय हुँदा पार्टी संरचनाहरु कमजोर बन्न पुगेका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि कांग्रेसले सांगठनिक र वैचारिक रुपमा आफूलाई प्रस्ट्याउँदै संगठन निर्माणमा जुट्नुपर्ने कार्यकर्ताको आकांक्षा भए पनि नेताहरुको ध्यान भने महाधिवेशनमा मात्र केन्द्रित हुँदा पार्टीका निकायहरु मात्र होइन, भातृ तथा शुभेच्छुृक संगठनहरु पनि लथालिंग बनेका छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured