खेलकुद देश

धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग सुरु

धनगढी, कार्तिक १६–शनिवारदेखि धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरण सुरु भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लिटल फ्लावर स्कुलले विजयी सुरुवात गरेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कप्तान विपिन रावल चम्किएपछि लिटल फ्लावरले विशाल अन्तरको जित हात पारेको हो । अर्धशतकीय इनिङ खेलेका रावलले विष्फोटक व्याटिङ गर्दै २४ बलमा ५९ रन बनाए ।

टस जितेर ब्याटिङ रोजेको त्रिनगरले दिएको १ सय रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा मैदान ओर्लिएको लिटल फ्लावरले कप्तान रावलको अर्धशतकको मद्दतमा ६.४ ओभरमा केबल १ विकेट गुमाएर पुरा ग¥यो । आक्रामक ब्याटिङ गरेका रावलले ६ छक्का र ४ चौका प्रहार गरेका थिए । अर्का ओपनर सुवोध ऐरले १० रन र नरेन भट्टले ११ रन जोड्दै लिटल फ्लावरको जित सुनिश्चित गरे । त्रिनगर माविका लागि सन्दीप विष्टले सान्त्वना १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिनगरले १८.३ ओभरमा अलआउट हुँदै ९९ रन जोडेको थियो । त्रिनगरका लागि सन्दीप विष्टले ३२ रन, दीपक जोशीले १८ रन र जनक पाण्डेयले १६ रनको योगदान दिए । लिटल फ्लवारका लागि दिपक रोकायाले महत्वपुर्ण ४ विकेट लिएका थिए । महेश अधिकारी र अनिल थापा समान २–२ विकेट लिन सफल भए । ४ विकेट लिएका दीपक रोकायाले ‘म्यान अफ द म्याच’ हुँदै नगद १ हजार ५ सय पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा मुख्य प्रायोजक निष्ट भक्तपुर र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा शारदा मावि र सत्यवती एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरले समान ५–५ हजार रुपैयाँ र हरेक खेलका ‘म्यान अफ द म्याच’ले १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट फम्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयका कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीमध्ये उत्कृष्ट छनोट गरेर एकदिवसीय प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

प्रतियोगिताको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरेका थिए । ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका मेयर ओडले धनगढीलाई क्रिकेटको शहरको रुपमा विकास गर्नका लागि अरु पनि क्रिकेट प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए । उनले क्रिकेटमा प्रायोजन गर्ने निजि कम्पनीलाई धनगढीमा प्रोत्साहन दिने भन्दै लाग्ने करमा समेत छुट दिने घोषणा गरे ।

आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा भुतपूर्व क्रिकेट खेलाडी ठक्कर बम र व्यावसायिक क्रिकेटको सुरुवातकर्ता सुवास शाहीले क्रिकेटको विकास तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान पनि गरिएको थियो ।

प्रतियोगिताका संयोजक भुपी धामीले स्वागत स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रम प्रतियोगिताका प्रबन्ध निर्देशक समेत रहेका कलेन्द्र शाहीले सञ्चालन गरेका थिए । यस्तै, कायैक्रममा नेपाली क्रिकेट र प्रतियोगिता तथा यसको सर्वाङ्गीण विकासका बारेमा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य विक्रम विष्ट, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही, मुख्य प्रायोजक निष्ट कलेजका केशव धामी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

Featured