खेलकुद देश

एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौं, कात्तिक १६–अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । इरानमा आयोजना हुने छनोटका लागि नेपालले २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक मेघ राज केसीले २७ सदस्सीय टिमबाट अन्तिम २३ सदस्सीय टिमको घोषणा गरेका हुन् ।

यसअघि २७ सदस्सीय टिममा रहेका मध्ये फरवार्ड बृजेश चौधरी, मिडफिल्डर शिशिर लेखी,नितिन थापा र गोलकिपर सुर्य अधिकारी टिमबाट बाहिरिएका छन् । छनोट नोभेम्बर ६ बाट इरानमा हुनेछ । नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा आयोजक इरान,युएई र कीर्गिस्तान रहेका छन । नेपाली टिमको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना रहेका छन ।

यस्तै डिफेन्डरमा बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ,निराजन महर्जन छन भने मिडफिल्डरमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन रहेका छन । टिमको फरवार्डमा मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर रहेका छन ।

Featured