देश

छठमा विराटनगरका मेयरको कठोर उपासना, दण्डप्रणाम गर्दै घाट सम्म पुगे(फोटो फिचर)

विराटनगर, कात्तिक १६–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको कठिन उपासना गरेका छन् । डेढ दशक अघिदेखि नै मेयर पराजुलीले छठ पर्वको साधना गर्दै आएका छन् । महानगरका मेयर पराजुली भगवान सुर्य र छठ मातालाई अर्घ दिन दण्डप्रणाम गर्दै घाटसम्म पुगेका छन् ।

दण्ड प्रणामको कठिन साधनामा सडकमा लम्पसार परेर घिस्रिदै घाटसम्म पुग्नुपर्ने हुन्छ । दण्डप्रणामको क्रममा सडकमा लम्पसार पर्दै प्रत्येक चोटी भगवान सुर्यलाई नमस्कार गर्दै घिस्रिंदै अघि बढ्नुपर्ने हुन्छ । आफुले इच्छाएको भाकल पूरा भएका ब्रतालुहरुले प्रायजसो यस्तोे उपासना गर्छन ।

विगतमा आफ्नो परिवार र इष्टमित्रकालागि दण्डप्रणाम गरेर छठ माताको आराधना शुरु गरेको भएपनि पछिल्लो समय आफु मेयर भएर निर्वाचित भएपछि नगरवासी तथा आम नेपालीको सुख, समृद्धि,लोककल्याण र जगत कल्याणको कामनासहित दण्डप्रणामलाई निरन्तरता दिएको मेयर पराजुलीले बताए ।

विराटनगर–३ स्थित शिव पाञ्चायन मन्दिर परिसरमा शनिवार विहान पुजाआजा गरेपछि मेयर पराजुलीले दण्डप्रणाम शुरु गरेको थिए । छठ पर्वको परम्परा अनुसार शुक्रबारसांझ खरना ब्रतपछि निर्जल र निराहार ब्रत बस्नुभएका पराजुली मन्दिर परिसरबाट साढे ३ किलोमिटर टाढा सिघीया खोला किनारको परोपकार घाटस्थित छैठ पुजाको घाट सम्म दण्डप्रणामगर्दै पुगेका थिए ।

निराहार ब्रत बसे क्यान्सरजस्तो खतरनाक रोगका कोषहरु नष्ट हुने विभिन्न सोधबाट प्रमाणित भइसकेकाले ब्यक्तीगतरुपमा पनि छैठपर्वको उपासना लाभदायक रहेको मेयर पराजुलीले बताए । मेयर पराजुलीको दण्डप्रणाम हेर्न उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, महानगरपालिकाका कर्मचारी,गायक सुमित खड्का तथा निर्देशक एवम अभिनेत्री दीपाश्री निरौला लगायतसमेत पुगेका थिए ।

सो क्रममा अभिनेत्री निरौलाले छठ पर्वको ठूलो महिमा रहेकाले यो पर्वको महत्व बढ्दै गएको बताइन् । मेयर पराजुलीले १६ औं पटक दण्ड प्रणामको उपासना गरेका हुन् । उनलाई भतिज प्रमेश पराजुलीले विगत ५ बर्षदेखि उपासनामा साथ दिंदै आएका छन् । यसपटक भने उनलाई श्रीमती रंजिता पराजुलीले समेत साथ दिएकी छन् । नुभएको छ । उनीहरु पनि मेयर पराजुलीसंगै दण्डप्रणाम गर्दै घाट पुगेका छन् ।

Featured