देश

फौजी किराले धान सखाप पारेपछि किसानको बिचल्ली

नेपालगन्ज, कात्तिक १६–वर्षभरिको आयस्रोतका रूपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसान परिवारको विचल्ची भएको छ । ‘हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न धौधौ भएको छ,’ बाँके डुडुवा गाउँपालिका(६ का किसान रेखाउल्ला खाँले पीडा पोखे ।

अन्नको भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई फौजी किराले नोक्सान र्पुयाएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगका लागि गुहार लगाएका छन् । बाँके र बर्दियाका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग क्षतिपूर्तिको माग किसानले राखेका छन् ।

केही दिनअघि नेपालगन्ज आएका प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल र संघीय सरकारका सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमक्ष पीडित किसानले ज्ञापनपत्र बुझाएर सहयोगको याचना गरेका थिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले, फौजी किराले बाँकेमा १७ हजार र बर्दिया दुई हजार हेक्टर धानबालीलाई क्षति र्पुयाएको बताए । उनका अनुसार पाँच हजार घरधुरीको बिचल्ली भएको छ । (रासस)

Featured