देश शिक्षा

विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह

विराटनगर, कात्तिक १६–विराटनगर स्थित आदर्श उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा चयन भएका छन् । स्थानीय अभिभावकहरुको भेलाले साह सर्वसम्मतरुपमा व्यवस्थापन समितिको सदस्य पदमा चयन भएका हुन् । उनी लामो समयदेखी समाजसेवा र राजनितिमा सकृय छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कटहरी गाउँपालिका कमिटि सदस्य समेत रहेका साहले आफुलाई सिंगो अभिभावकहरुको भेलाले सर्वसम्मत रुपमा नेपालकै ऐतिहाँसिक धरोहरको रुपमा रहेको सो विद्यालय व्यवस्थापन समिति सदस्यमा चयन गरेकोमा हर्षित हुँदै विद्यालय सुधारका कामहरु गर्ने प्रतिवभता जनाएका छन् ।

Featured