देश

राष्ट्रपतिको भ्रमण :नेपाल–जापान नयाँ आयाम

काठमाडौं, कात्तिक १६–राष्ट्रपति विद्यादेवी भण्डारीको जापान भ्रमणले नेपाल–जापान सम्बन्धमा नयाँ आयाम थपेको छ । यो राजकीय भ्रमण यस्तो उपयुक्त समयमा भयो, जतिखेर नेपालले नयाँ युगको सुरुआत सँगसँगै विदेश नीतिमा नयाँ आयामको प्रारम्भ गरेको छ । जापानमा नयाँ राजाको राज्यारोहण सँगसँगै बाँकी विश्व सँगसँगै नेपालसँग पनि सम्बन्धको नयाँ आयामको सुरुआत हुँदैछ ।

जापानमा नयाँ राष्ट्राध्यक्षको राज्यारोहणसँगै नेपालका राष्ट्रपतिबाट जापानको भ्रमण हुनु आफैँमा ऐतिहासिक छ । योे संयोग मात्र होइन, दुवै देशका लागि उपयुक्त समय पनि हो । त्यसैले कूटनीतिका मर्मज्ञहरू यसलाई नेपालको विदेश नीतिमा आएको ‘प्याराडमसिफ्ट’को निरन्तरता भनेर चित्रित गर्न थालेका छन् ।

इतिहासमै नेपालको विदेश नीति दुई ढुङ्गाबीचको तरुलको कूटनीतिबाट दुई तरुलबीचको नयाँ सिर्जनात्मक अवस्थामा पुगेको छ । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश नीतिको पहिलो आयामका रूपमा समानता, सहअस्तित्व, सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता र असल छिमेकीपनको कडीका रूपमा अभ्यास गरिरहेका छन् ।

जुन विदेश नीतिलाई विदेश मामिलाका अध्येताहरूले ओली डक्ट्रिनका रूपमा व्याख्या, विश्लेषण, अध्ययन र अनुसन्धान गरिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured