देश

अब मेगा बैंकको आफ्नै लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर

काठमाडौं, कात्तिक १५–मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ । बैंकले आफ्नै कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि अब आफ्नो सोही सेण्टरमार्फत तालिम सञ्चालन गर्ने जनाएको छ । बैंकले आफ्नो कार्यालय रहेको भवनबाटै ‘मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर’ र रिसोर्स सेन्टरसमेत सञ्चालनमा ल्याउने जानकारी दिएको छ । उक्त सेन्टरको बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित कार्यालयपरिसरमा बिहीबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले ज्ञान हासिल गर्ने प्रक्रिया सदैव चलिरहने भएकाले सबै तहका कर्मचारीहरूका लागि सेण्टर अत्यन्तै उपयोगी हुने बताए । २०६९ सालदेखि नै स्थापित बैंकको रिसर्च एण्ड डेभलप्मेन्ट इकाइको कार्यमा रिसोर्स सेन्टरले योगदान र्पुयाउनेमा आफू विश्वस्त रहेको बताए ।

बैंककी सीईओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरूको संख्या वृद्धि गर्नेसमेत रहेको बताइन् । त्यसका लागि सोहीबमोजिमको योजना एवं तालिका तयार गरी सेन्टरलाई सञ्चालन गरिने उनको भनाइ थियो । कार्यक्रममा मेगा बैंकका सञ्चालकहरू, सीईओ, एडीसीईओ, उच्च व्यवस्थापन श्रेणीका कर्मचारीलगायतको उपस्थिति थियो ।

Featured