देश

अवैध लागु औषधसहित ५ जना पक्राउ

काठमाडौं, कात्तिक १५–सर्लाहीको मलंगवा नगरपालिका(८ स्थित सडकबाट अवैध लागु औषध नाइट्रोभेट ५ सय ७० एम्पुल र स्पास्मो १० एम्पुलसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिन्धुली कमलामाई नगरपालिका(७ बस्ने १९ वर्षीय होमराज दाहाल, लालबन्दी नगरपालिका(११ बस्ने २३ वर्षीय सुरज स्याङतान र ३९ वर्षीय सार्की बल पक्राउ परेका हुन् । प्रहरी चौकी गोरखकालीको प्रहरीले भारतको सोनवर्षा बजारबाट मलंगवातर्फ आउँदै गरेको टेम्पोमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागु औषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका(३ मलेखुबाट अवैध लागु औषध गाँजा करिब ५ केजीसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका(१४ बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रोल्पा झेलबाङ गाउँपालिका(३ बस्ने २६ वर्षीया संगिता परियार पक्राउ परेका हुन् ।

प्रहरी चौकी मलेखु र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ग१०प ४४९४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगीतालाई उक्त लागु औषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Featured