देश

धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मा पौडेललाई

काठमाडौं, कात्तिक १५–नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई दिइएको छ । अर्थ मन्त्रालयले अध्यक्ष नियुक्त नभएसम्मका लागि बोर्डको दैनिक कार्य सञ्चालन गर्न पौडेललाई जिम्मेवारी दिएको हो ।

डा. रेवतबहादुर कार्की कात्तिक १ गतेदेखि अध्यक्षबाट अवकाश भएपछि धितोपत्र बोर्ड नेतृत्वविहीन छ । बोर्डको अध्यक्षता भने पौडेलले गर्न पाउँदैनन् । अध्यक्ष नहुँदा बोर्डका साना साना कामसमेत अड्किरहेकाले उनलाई अख्तियारीसहित जिम्मेवारी दिइएको हो ।

Featured