देश

एनआईसी एशिया र टिथ सेभर्सबीच सम्झौता

काठमाडौं, कात्तिक १५–एनआईसी एशिया बैंक र त्रिपुरेश्वरमा रहेको टिथ सेभर्सबीच डेन्टल क्लिनिकमा दाँतको उपचार गराउँदा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका डिजिटल बैंकिङ विभागप्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सका अध्यक्ष उषा घिराइयाले हस्ताक्षर गरेका छन् ।

Featured