देश

मोफसलमा सिद्धार्थ बैंकका चार नयाँ शाखा स्थापना

काठमाडौं, कात्तिक १५–सिद्धार्थ बैंकले काठमाडौं उपत्यकाबाहिर एक साथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारदेखि सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७१ (४ एक्स्टेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १८७ एटिएम र १ हजार ६०० भन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

बैंकले बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथै इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख छ । एक खर्ब २४ अर्ब निक्षेप संकलन गरेको बैंकले एक खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ ।

Featured