देश

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

काठमाडौं, कात्तिक १५–आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा तयारीबारे आज गृहमन्त्रालयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुल लगायत सहभागी थिए ।

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ ।

Featured