देश

नेकपाबाट धरानको मेयरका लागि तीन जनाको नाम सिफारिश

विराटनगर, कात्तिक १५–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धरान नगर कमिटीले मेयर पदका लागि तीन जना उम्मेदवारको नाम सिफारिश गरेको छ । धरान कमिटीको आज बसेको बैठकले प्रकाश राई, फोक्वाहाङ मेन्याङ्बो (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिश गरेको हो ।

प्रकाश र वेणु पूर्वएमाले र मेन्याङबो पूर्वमाओवादी हुन् । सिफारिसमा परेका तीनैजना पार्टीको जिल्ला सदस्य रहेका छन् । मेयरको उम्मेदवारका लागि केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई पनि दाबेदारका रूपमा हेरिएका थिए । तर उनीहरूको नाम नगर समितिले सिफारिश गरेको छैन । यसअघिका मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उनी एमालेका तर्फबाट मेयरमा विजयी भएका थिए ।

Featured