देश

७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

डडेलधुरा, कात्तिक १५–अछाममा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको कमलबजार नगरपालिका– ७ निवासी २२ वर्षीय नरेन्द्र दमाईंलाई बलात्कारको आरोपमा अछाम प्रहरीले पक्राउ गरेको हो । पीडित वृद्धाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीमाथि करणीसम्बन्धी कसुरको मुद्दा चलाएर अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानका लागि जिल्ला अदालत अछामबाट म्याद थपसमेत भएको प्रहरीले जनाएको छ ।

Featured