पोखरा, कात्तिक १५–म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दरबाङबाट रुम जाँदै गरेको ध१ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिपमा १७ जना यात्रु रहेको जनाइएको छ ।
घाइतेलाई उपचारका लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका याम बुढाले जानकारी दिए । दुर्घटनाबारे थप जानकारी आइनसकेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस