देश

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ अमेरिका प्रस्थान

पोखरा, कात्तिक १५–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साता व्यापी भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालिममा भ्रमण टोलीले भाग लिनेछ । मुख्यमन्त्री गुरुङका अनुसार प्रहरी र न्याय समितिहरुले तहगत रुपमा गरेका समन्वयको विषयमा भ्रमण टोलीले विस्तृत अध्ययन गर्नेछ । संघीयतामा होरिजेन्टल र भर्टिकल चेन अफ कमान्ड कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गर्न विभिन्न राज्यका प्रतिनिधिसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

Featured