विदेश

पाकिस्तान रेल आगलागी : मृत्यु हुनेको संख्या ७४ पुग्यो

एजेन्सी, कात्तिक १५–पाकिस्तानको कराँचीबाट रावलपिन्डीतर्फ गइरहेको रेलमा आगलागीबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । पाकिस्तानका रेलवे मन्त्री शेख रसिद अहमदले खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागी भएको जनाएका छन् । आगोको ज्वाला तीन वटा डिब्बासम्म फैलिएको थियो । धेरैजसो यात्रुको हामफालेर भाग्न खोज्दा मृत्यु भएको बिबिसीले जनाएको छ ।

Featured