खेलकुद विदेश

तीन महिने प्रतिबन्धपछि मेस्सी राष्ट्रिय टिममा फर्किए

एजेन्सी, कात्तिक १५–अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति दिएपछि मेस्सीमाथि तीन महिने प्रतिबन्ध लगाइएको थियो । सो प्रतिबन्ध फुकुवा भएपछि उनी राष्ट्रिय टोलीमा परेका छन् । उनी आगामी महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि टिममा परेका छन् ।

कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाउँदै मेस्सीले त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए । सो विवादित अभिव्यक्तिपछि उनलाई कोपा अमेरिकाले तीन महिना कुनै पनि अन्तर्रा्ष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेपछि मेस्सीले अर्जे्न्टिनाबाट चार खेल गुमाएका थिए ।

प्रतिबन्ध सकिएलगत्तै अर्जे्न्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जे्न्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा र उरुग्वेसँग १८ नोभेम्बरमा इजरायलमा प्रतिस्पर्धा गर्दैछ । उनी यसअघि ६ जुलाइमा कोपा अमेरिका कपको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

Featured